बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजन दोषी ठहर: सजाय निर्धारण असार १७ गते - Diskusi Online
Lompat ke konten Lompat ke sidebar Lompat ke footer

बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजन दोषी ठहर: सजाय निर्धारण असार १७ गते


सेतोपाटी संवाददाता, काठमाडौं, असार १० : सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ।

सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको उनले बताए।

उनका अनुसार अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्।

रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्।

बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण तथा बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइने कानुनी व्यवस्था छ। गंगामायाले यही कानुनी व्यवस्था अनुसार १८ वर्षपुगेपछि जाहेरी दिएकी थिइन्।  बमजनले २०७३ साल साउन २० गते आफूमाथि  बलात्कार गरेको उनको आरोप थियो। उक्त जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरी अनुसन्धानप्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिव क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको थियो।

१४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ।

गंगामायाले पहिलोपटक झण्डै ६ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि सेतोपाटीले तीन महिना लामो अनुसन्धानपछि २०७५ साल पुस ११ गते बमजनका कर्तुतको फेहरिस्त तयार पारेर एकैसाथ चार स्टोरी प्रकाशित गरेको थियो।

सेतोपाटीमा समाचार प्रकाशन भएपछि आफ्ना छोरी, छोरा र बावु बेपत्ता पारेको भन्दै पाँचपरिवारले त्यतिवेलै प्रहरीमा उजुरी दिएका थिए।  बमजन विरूद्ध विभिन्न प्रहरी कार्यालयमा आफ्नो आश्रममा बस्ने पाँच अनुयायीलाई बेपत्ता पारेको, तीमध्ये कम्तीमा एक जनाको हत्या गरेको लगायतका आरोप छन्। 

उनलाई प्रहरीले गत पुस २४ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। पक्राउ परेका बमजनमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभिन्न कसुरमा छानबिन गरिरहेको छ।

Related News: 

Authorities Confiscate More Than Rs 33 Million in Cash


'Buddha Boy' Bomjan to face rape trial at Sarlahi district court 

https://diskutujme.online/2024/01/buddha-boy-bomjan-to-face-rape-trial-at.html

रामबहादुर बमजनको बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने

https://diskutujme.online/2024/01/blog-post_14.html

पक्राउ परेका बमजनले आफ्ना आश्रममा चलाएको हत्या, हिंसा र


प्रहरीद्वारा रामबहादुर बमजन पक्राउ

Posting Komentar untuk "बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजन दोषी ठहर: सजाय निर्धारण असार १७ गते"